Sajhamanch Archive

ट्राफिक व्यवस्थापन सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

उपत्यकालगायत देशका विभिन्‍न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्‍जाल विस्तारलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

गृहमन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडि बढाउने बताए । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उनले बताए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका लागि कडा कानुनको आवश्यकता रहेको बताए । ट्राफिक नियम जानाजान उलंघन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स वितरणमा पनि कडाइ गर्नुपर्ने बताए । लाइसेन्स वितरण गर्दा थारै लापरवाही भए पनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुनसक्ने चेतावनी उनले दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *