Sajhamanch Archive

दमकमा बुधबारदेखि निषेधाज्ञा

Published: in स्थानीय तह by .

दमक । झापाको दमकमा कोरोना संक्रमण तिब्र हुन थालेपपछि बुधबारदेखि आंशिक निषेधाज्ञा हुने भएको छ ।

नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहान ८ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बिहानदेखि बेलुका ४ बजेसम्म दैनिक उपयोग्य बस्तु विक्रि वितरण खुल्ला हुने बताए । ४ बजेपछि निषेधाज्ञामा कडाइ गरिने छ । तिम्सिनाका अनुसार यश पटक कडाइका साथ कार्यान्वयन गरिनेछ ।

मंगलबार बिहान राजनीतिक दलसँग भएको छलफलमा निषेधाज्ञा र लकडाउन भन्ने विषयमा बहस भएको थियोे ।

कोरोना संक्रमण तिब्र भएपछि नगरपालिकाले निषेधाज्ञाका लागि सिफारिस गरेको तिम्सिनाले जनाए । दमकमा ४२८ जनामा संक्रमण देखिएको छ भने १८ जनाको मृत्युु भएको छ । नगरपालिकाले गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *