Sajhamanch Archive

रियल म्याड्रिडको रोमाञ्‍चक जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणअन्तर्गत तेस्रो खेलमा रोमाञ्‍चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानमाथि ३-२ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र रोर्डिगोले एक-एक गोल गरे । पाहुना टोली इन्टरका लागि लाउरेटो मार्टिनेज र इभान पेरिसिसले एक-एक गोल गरे ।

खेलको २५औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । ३३औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

यता पाहुना टोलीका लागि खेलको ३५औं मिनेटमा मार्टिनेजले गोल गर्दै टिमलाई २-१ गोलको अवस्थामा पुर्‍याए । ६८औं मिनेटमा पेरिसिसले इन्टरका लागि बराबरी गोल फर्काए ।

८०औं मिनेटमा रोर्डिगोले गोल गर्दै रियललाई ३- २ गोलको जित दिलाए । जितसँगै समूह ‘बी’को रियलले तीन खेलबाट ४ अंक जोडेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *