भारतीय सेना प्रमुख नरवाणे १२ बजे नेपाल आइपुग्दै, पशुपतिनाथको दर्शन गर्न जाने
Published:
by .काठमाण्डौ । भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे बुधवार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा नेपाल आउँदैछन् ।
भारतीय सेनाको विशेष विमानमार्फत ४ सदस्यीय टोलीसहित नरवाणे नेपाल आउन लागेका हुन् । नेपाली सेनाको स्रोतका अनुसार नरवाणे मध्याह्न १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ ।
बुधवार कुनै औपचारिक भेटघाटको कार्यक्रम नभए पनि उनी नेपाल उत्रिएलगत्तै उनलाई बस्नको लागि व्यवस्था मिलाइएको सोल्टी जाने र त्यसपछि पशुपति दर्शनको लागि जाने कार्यक्रम तय भएको छ ।
Comments