Sajhamanch Archive

दमकमा कोरोना संक्रमित युवतीद्वारा आत्महत्या, अर्का एकजना संक्रमित उपचारको क्रममा मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापा दमकमा कोरोना संक्रमित युवतीले आत्महत्या गरेकी छिन् ।

कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक ५ की एक युवती आफै सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । २२ वर्षिया दीक्षा लिम्बुले गएराति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। लिम्बु संक्रमण पुष्टि भएपछि दुई दिनदेखि होम आइसोलेसनमा रहेकी थिईन ।

त्यस्तै दमकमै थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षीय फौदसिंह राई रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *