Sajhamanch Archive

धरानमा कोरोना संक्रमणका कारण ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । कोरोना भाइरस संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु भएकामा इटहरीकी ९ वर्षीया बालिका र धरानका ६१ वर्षीय पुरुष रहेको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

सोमवार कोभिड- १९ पुष्टि भएपछि मंगलवार अस्पताल भर्ना भएकी इटहरी उपमहानगरपालिका वडा नं.६ की ९ वर्षीया बालिकामा अटो इम्युन कन्डिसन रहेको अस्पतालले जनाएको छ । उनको बुधवार बिहान ३:२५ बजे मृत्यु भएको हो।

त्यसैगरी असोज ३० गते कोरोना पुष्टि भएका धरान उपमहानगरपालिका वडा नं.१ का पुरुषमा हाइपरटेन्सन लगायतका रोग भएको उल्लेख गरिएको छ। उनको बुधवार बिहान ३:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *