मंसिर २ गतेसम्म फिदिममा लकडाउन
Published:
by .पाँचथर । दशैँ सकिएलगत्तै पाँचथरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि फिदिम नगरपालिकामा लकडाउन गरिएको छ ।
फिदिम नगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले कात्तिक १९ गते राति १२ बजेदेखि मङ्सिर २ गते राति १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो ।
बुधबार रातिदेखि लागू हुने लकडाउनमा अत्यावश्यक सेवाबाहेकका सबै व्यवसाय र यातायात बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
Comments