Sajhamanch Archive

आज मुम्बई र दिल्ली भिड्दै,कसले मार्ला बाजी !

Published: in खेलकुद by .

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुने छ ।

विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।

अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच आगामी मङगलबार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । राउण्ड रोविनका १४ मध्ये पाँच खेलमा मात्रै उसले पराजय व्यहोर्यो ।

कूल १६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले ८ म्याचमा जित निकाल्यो भने ६ म्याचमा पराजित भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *