Sajhamanch Archive

स्वस्थ मानिने यी आहारले तौल घटाउन खासै मद्दत नगर्ने

Published: in टिप्स/जानकारी, स्वास्थ्य by .

विराटनगर । इन्टरनेटमा सजिलै तरिकाले छिटो तौल घटाउने प्लानहरू टन्नै पाइन्छन् ।

कुनैलाई केही प्लानले काम गरे पनि धेरैले कुनै पनि प्रकारको सकारात्मक परिणाम पाएका हुँदैनन् । स्वास्थ्याका लागि पूरै स्वस्थ मानिने आहारले समेत तौल घटाउने लक्ष्य पूरा गर्न मद्दत गर्न सक्दैन । तल दिइएका पाँच चिज शरीरका लागि धेरै फाइदाजनक भए पनि तौल घटाउन खासै मद्दत गर्न सक्दैनन् ।

ग्रिन टीः एन्टिअक्सिडन्टले भरिएको ग्रिन टीले शरीरलाई स्वस्थ राख्छ । तर, यसको सेवनले मेटाबोलिज्म बढाउन सक्ने प्रमाण धेरै कम छन् । ग्रिन टीलाई एक क्यालोरी घटाउने आहारको साथ सेवन गरेमा क्यालोरी बर्न गर्न मद्दत गर्छ तर ग्रिन टीको सेवनले तौल कम गर्न सकिँदैन ।

पिरो खोर्सानीः खोर्सानीमा पाइने क्यापसिसिन नामक यौगिकले मेटाबोलिजमलाई बढावा दिन सक्ने अध्ययनले देखाएको छ जसको सेवनले तौल कम हुने बताइन्छ । तर, प्रायजसो अध्ययनमा प्रयोग गरिएको मात्रा सामान्य व्यक्तिले एक पटकमा खान सक्नेभन्दा बढी हुने हुन्छ । आधा चम्चा खोर्सानीको सेवनले करिब १० क्यालोरी मात्र उत्पन्न गर्न सक्छ ।

प्रोटिनयुक्त खानाः प्रोटिनले कार्बोहाइड्रेटको तुलनामा पचाउनका लागि अधिक ऊर्जा लिन्छ । तर, प्रोटिनमा कार्बोहाइड्रेटभन्दा पनि बढी क्यालोरी हुन्छ । प्रोटिनको सेवनले गर्दा अधिक क्यालोरी खाइन्छ र अधिक क्यालोरी नै उत्पन्न हुन्छ ।

नरिवलको तेलः मध्यम चेन ट्राइग्लिसराइड भएको हुँदा नरिवल तेलको सेवनले पनि शरीरको फ्याट घटाउन सक्ने बताइन्छ । तर, अध्ययनका अनुसार मध्यम चेन ट्राइग्लिसराइडले तौत घटाउँदैन ।

एप्पल साइडर भिनेगरः विभिन्न स्वास्थ्यलाभका लागि एप्पल साइडर भिनेगरको प्रयोग गर्न सुझाइन्छ । तर, यसको सेवनले तौल घटाउन सकिन्छ भन्ने कुनै प्रमाण छैन । एप्पल साइडर भिनेगरमा पानी मिसाएर पातलो बनाई नपिए यसले एसिडिटी पैदा गर्नुका साथै दाँतको माथिल्लो तहलाई हानी गर्न सक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *