Sajhamanch Archive

सातै प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि कर्मचारी माग

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौ । स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी माग गरेको छ । कोरोना महामारी नियन्त्रण अभियानलाई थप सशक्त बनाउन भन्दै मन्त्रालयले तीन महिनाका लागि विभिन्न पदमा एक सय ९१ कर्मचारी माग गरेको हो ।

बिहीबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इच्छुक र योग्य नागरिकलाई पदमा दरखास्त दिन आह्वान गरेको हो ।

बिरामी प्रोफाइल, प्रयोगशालासम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *