Sajhamanch Archive

मेचीनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१० की ४२ वर्षिया महिला रहेकी छन् । उनको आज बिहान ५:५० बजे नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर ती महिलालाई कात्तिक ८ गते विराटनगर लगिएको थियो । मेचीनगरमा कोरोना संक्रमणबाट हिजो मात्र एक बृद्धाको मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *