Sajhamanch Archive

धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।

१२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए । क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट समेत ग्रसित रहेका उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको डा. श्रेष्ठले बताए ।

यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार राति ११ बजे मृत्यु भएको उनले बताए । साइकियाटिक« सम्बन्धी समस्याबाट ग्रसित वृद्धामा कात्तिक २० गते संक्रमण पुष्टि भएको डा. श्रेष्ठले बताए । अस्पताल भर्ना भएकै दिन राति ११ बजे उनको मृत्यु भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *