आथियाको जन्मदिनमा राहुल लेख्छन्–‘मेरो पागल बच्चा’
Published:
by .नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी क्रिकेटर केएल राहुलको प्रेममा छिन् । उनीहरुले, आफूहरुको प्रेमको खुलासा गतबर्ष नै गरेका थिए । नोभेम्बर ५ मा परेको आथियाको जन्मदिनमा राहुलले गरेको विसले धेरैको मन जितेको छ । हालै आइपीएल खेल सकेका राहुलले आफ्नी प्रेमिका आथियाको जन्मदिनमा लेखेका छन्–‘जन्मदिनको शुभकामना, मेरो पागल बच्चा ।’
आथिया र राहुलले गतबर्ष थाइल्याण्डमा पनि एकसाथ समय बिताएका थिए । राहुलले शेयर गरेको तस्वीरमा उनी आथियासँग देखिएका थिए ।
सन् २०१५ मा चलचित्र ‘हिरो’बाट बलिउडमा प्रवेश गरेकी आथियाको करिअर सुखद तरिकाले अगाडि बढेको भने छैन । तर, उनी भारतीय क्रिकेटका ह्यान्डसम क्रिकेटर राहुलको प्रेमका कारण चर्चामा छिन् । बलिउड र क्रिकेटको कनेक्शन खुबै छ । नायक विराट कोहली र अनुष्का शर्माले पनि केही बर्ष अगाडि बिहे गरेका थिए ।
Comments