Sajhamanch Archive

ने क पा झापाको जिल्ला कमिटी १७५ सदस्यीय

Published: (Updated: ) in राजनीति, लोकप्रिय by .

झापा । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को झापा जिल्ला कमिटी १७५ सदस्यीय बनाइने भएको छ । साउन २८–३०, काठमाडौंको गौशालामा सम्पन्न कार्यदलको बैठकले सो निर्णय गरेको हो ।

पार्टी केन्द्रले तोकेको कार्यदलमा रहेका चारजना नेताहरु रविन कोइराला, झलकसिंह दर्लामी, चिन्तन पाठक र विजय साम्पाङ सम्मिलित बैठकले सो निर्णय गरेको हो । कार्यदलले चारवटा प्रस्तावहरुमाथि छलफल गरी निश्कर्ष निकालिएको जनाइएको छ ।

पार्टीका केन्द्रीय सदस्य रविन कोइरालाले दिएको जानकारीअनुसार बैठकले तत्कालीन नेकपा एमालेका तर्फबाट १०५ जना र माओवादी केन्द्रका तर्फबाट ७० जना सहभागी गराएर जिल्ला कमिटी गठन गरिनेछ ।

नयाँ कमिटीको अध्यक्ष एमालेबाट र सचिव माओवादीबाट रहने गरी उपल्लो कमिटीमा प्रस्ताव गरिने पनि उनले जानकारी दिए ।

यसैगरी एमाले कार्यालयलाई अब पार्टीको जिल्ला कार्यालय बनाइने भएको छ । पार्टीका जनवर्गीय संगठनहरु, मोर्चा, विभाग र प्रतिष्ठानहरु माओवादी केन्द्रको दमकमा रहेको कार्यालयमा रहने निर्णय भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *