Sajhamanch Archive

बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

Published: in खेलकुद by .

एजेन्सी । सनराइजर्स हैदरावाद यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्‍वालिफायरमा प्रवेश गरको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो ।

शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १३२ रनको लक्ष्य हैदरावादले १९ ओभर ४ बलमा चार विकेट गुमाउँदै १३२ रन बनाउन सफल भयो । हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विलियमसनले ५० रनको योगदान गरे ।

त्यस्तै मनिस पाण्डे र जेसन होल्डरले समान २४–२४ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि मोहमद सिराजले दुई विकेट लिए । त्यस्तै अदम जाम्पा र युजेभेन्द्र चहालले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिभिलियर्सले अर्धशतकीय पारी खेले ।

४३ बल खेलेका उनले ५६ रन बनाए । बैंगलोरका लागि अरोन फिन्चले ३२ रन बनाउँदा मोहमद सिराजले १० रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि जेसन होल्डरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै थङ्गार्सु नटराजनले दुई विकेट लिँदा साहजब नदिमले एक विकेट लिए ।

शुक्रबारको खेलमा जित निकाल्दै हैदरावाद क्वालिफायरमा प्रवेश गरेको छ । हैदरावादले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *