Sajhamanch Archive

कालो पोशाकमा झापाको शनिश्चरेमा महिलाले गरे प्रदर्शन

Published: in समाज by .

अर्जनधारा । बढ्दो यौन दुव्र्यवहार र बलात्कारविरुद्ध महिलाहरुले आज झापाको शनिश्चरे बजारमा प्रदर्शन गरेका छन् ।

बलात्कारमा संलग्नलाई संरक्षण गर्ने राज्य आफैँ दोषी भएको जनाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । यसअघि झापाको बिर्तामोड लगायतका स्थानमा पनि उनीहरुले प्रदर्शन गरेका थिए ।

बलात्कारका घटनामा संलग्नलाई फाँसी भन्दा पनि आजीवन सजाय हुनु पर्ने मागसहित आज देशभर एउटै समयमा प्रदर्शन भएको अधिकारकर्मी प्रकृति न्यौपानेले बताइन् । ‘मृत्युदण्ड दिँदैमा बलात्कार रोकिँदैन’, उनले भनिन्, ‘विश्वका धेरै मुलुकको तथ्याङ्कले पनि यसलाई प्रमाणित गरेको छ ।’

निधारमा कालोपट्टी बाँधेर कालै पोशाकमा उपस्थित भएका महिलाहरुले ‘अब कति सहने’ भन्दै बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्नेमा जोड दिए ।

प्रदर्शनमा महिलाहरुले सबै पुरुष बलात्कारी होइनन् भन्दै जो हुन् उनीहरुलाई छोड्न नहुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *