Sajhamanch Archive

झापामा २३ महिलासहित थप ७५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा २३ महिला र ५२ जना पुरुष रहेका छन् ।

दमकमा ६ महिला र २१ पुरुष गरी २७ जना, बिर्तामोडका ४ महिला र १० पुरुष गरी १४ जना संक्रमित थपिएका छन् ।  कोरोना संक्रमणबाट बिर्तामोडमा एक बृद्ध र एक महिलाको शुक्रबार राति मृत्यु भएको हो ।

यसैगरी भद्रपुर नगरपालिकामा ४ महिला र ९ पुरुष गरी १३ जना,कमल गाउँपालिकामा ४ महिला २ पुरुष गरी ६ जना, कनकाईमा ५ पुरुष, शिवसताक्षी र बुद्धशान्तिमा १–१ महिला र १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मेचीनगरमा ३ पुरुष, अर्जुनधारा, गौरादह र बाह्रदशीमा १–१ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *