Sajhamanch Archive

जिप दुर्घटना : तीन जनाको मृत्यु, चारजना हामफालेर बाँचे

Published: in मिडियाबाट साभार, समाज by .

सल्यान । जिप दुर्घटनामा सल्यानमा तीन जनाको मृत्यु भएको छ।

शनिबार दाङको तुल्सीपुरबाट रोल्पाको सुक्खाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको डबल क्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं.४ दिवांगघारीमा दुर्घटना भएको हो। जहाँ रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनीहरु सबैको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका वडा नं.७ निवासी ३५ वर्षीय भीम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव गाउँपालिका वडा नं.५ निवासी ६५ वर्षीय गञ्जजबहादुर बुढा रहेका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए।

गाडीमा सवार अन्य चारजना भने हामफालेर बाँच्न सफल भएका बताइएको छ। गाडी सडकबाट एक सय मिटर तल खसेको थियो।

                                                                                       थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *