Sajhamanch Archive

पूर्वसांसद लामाको निधन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । पूर्वसांसद एवं तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

मृगौलासम्बन्धी रोगबाट पीडित लामाको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए । लामालाई निमोनिया भएपछि गरएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मकवानपुरको फाखेलका लामा नख्खु जेल विद्रोह गर्ने नेताका रुपमा थिन्निछन् । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सांसद बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *