पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने
Published:
by .काठमाडौं। पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने भएको छ । नेपालीसँगै नेपालमा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकले पनि बीमा गर्नुपर्नेछ । नेपाल पर्वतारोहण संघले सार्वजनिक सूचना जारी गर्दै हिमाल आरोहण गर्न जाने नेपाली आरोही र पथप्रदर्शकले समेत अनिवार्य १५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनु पर्ने भनेको छ ।
संघले आफ्ना मातहतमा रहेका विभिन्न २७ वटा हिमाल आरोहण गर्न उक्त रकम बराबरको बीमा अनिवार्य गर्न र सोही अनुसारको कागजात पेश गर्नुपर्ने समेत जनाएको छ ।
संघ अन्तर्गतका हिमाल आरोहण गर्न अनुमति माग्ने सबैले सरकारले तोकेअनुसारको दुर्घटना बीमा बाहेक थप ४ लाख रुपैयाँको औषधिउपचार बीमा र १० हजार डलर (करीब ११ लाख ९३ हजार रुपैयाँ) को हेलिकप्टर उद्धार बीमा समेत गर्नुपर्ने छ।
Comments