Sajhamanch Archive

प्रदेश १ मा २१९ संक्रमित थपिए, ६०० जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७, रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४–४, जहदा, बुढीगंगा र बेलबारीमा ३–३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २–२, दुहवी र गढीमा १–१, झापाको गौरादह र कमल गाउँपालिकामा १२–१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा , मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ते¥हथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १–१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८८४ पुगेकोछ ।

प्रदेश १ मा आज ६०० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १७३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *