Sajhamanch Archive

झापामा थप ७६ जनामा कोरोना, तीनजना संक्रमितको निधन

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने तीनजना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागार्ईंका अनुसार झापामा आज २८ महिला र ४८ जना पुरुषमा संक्रमण भएको छ ।

झापाका संक्रमितहरुमा बिर्तामोडमा ७, कमल र गौरादहमा १५/१५, दमकमा १३, मेचीनगर र शिवसाताक्षीमा ३/३ जना, गौरीगञ्जमा २ जना, अर्जुनधारा र कचनकवलमा १/१ जना र पालिका नखुलेका १६ जना रहेको  जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा आज ३ कोरोना संक्रमितको ज्यान गएको छ । निधन हुनेहरुमा अर्जुनधारा नगरपालिका वडा नं. ६ का ८१ बर्षीय महिला, भद्रपुर नगरपालिका वडा नं.५ का ६२ बर्षीय पुरुष र दमक नगरपालिका वडा नं.६ का ८३ बर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *