Sajhamanch Archive

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आसन्‍न महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

पार्टीमा देखिएको विवाद समाधानका लागि जारी पदाधिकारी बैठक ठोस निष्कर्षमा पुग्‍न नसकेका कारण सोमबारका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सरेको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ गते दिउँसो १ बजे बस्‍ने जानकारी दिए ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २४ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्‍ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २७ गते बिहीबार दिनको १ बजे बस्ने भएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *