Sajhamanch Archive

अमिताभ बच्चनलाई निर्देशन गर्दै अजय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by .

अजय देवगनले पछिल्लो पटक अमिताभ बच्चनसँग ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ मा काम गरेका थिए । अब अजयले नयाँ फिल्ममा अमिताभलाई निर्देशन गर्ने भएका छन् । फिल्म ‘मेडे’ मा उनीहरुबीच सहकार्य भएको हो । हैदराबादमा डिसेम्बरबाट छायांकन सुरु हुने फिल्ममा अजयको पनि अभिनय रहनेछ । उनले पाइलटको भूमिका निर्वाह गर्नेछन् ।

अमिताभ र अजयले यसअघि ‘मेजर साब, खाकी र सत्याग्रह’ मा काम गरेका थिए । उनीहरुबीच चौथो पटक सहकार्य भएको हो । अजयले भने दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन् । यसअघि उनले फिल्म ‘शिवाय’ निर्देशन गरेका थिए । फिल्म बक्सअफिसमा औसत चलेको थियो । अहिले उनी फिल्म ‘भुज स् द प्राइड अफ इन्डिया’ को छायांकनमा व्यस्त छन् ।

अजयले अमिताभको प्रोडक्शनमा बनेको ‘मेजर साब’ को केही सिनको पनि निर्देशन गरेका थिए । निर्देशक टीनू आनन्दसँग अमिताभ बच्चनको मनमुटाव भएपछि टीनूले फिल्म छाडेका थिए । राजनीतिबाट फर्किएका कारण अमिताभलाई यो फिल्म निकै जरुरी थियो । यस्तैमा अजयले निर्देशनको इच्छा देखाएका थिए र आफ्नो साथीको सहयोगले छायांकन पूरा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *