Sajhamanch Archive

राष्ट्रिय जनगणना प्रक्षेपण : ७० लाख घरपरिवार, ३ करोड जनसंख्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्या समेत ३ करोड नाघ्ने छ ।

राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २ सय ६६ रहेको छ । जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाटै शुरु गरिएको थियो । चालु आवमा भने सक्ने लक्ष्य छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *