Sajhamanch Archive

‘एकका लागि एक’ अभियानद्वारा अक्सिजन बैंक स्थापनाको तयारी

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

बिर्तामोड । कोरोना महामारीका बीच जनस्तरबाट उदाएको एकका लागि एक अभियानले झापामा अक्सिजन बैङ्क स्थापना गर्ने निर्णय गरेको छ । अभियानको आज बसेको बैठकले त्यस्तो निर्णय गरेको अभियानका परिकल्पनाकार एवम् संयोजक महेन्द्रकुमार गिरीले बताए ।

सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेपछि अभियानले घरमै उपचारमा सहयोग पुर्याउने गरी अक्सिजन बैङ्क स्थापनाको तयारी थालेको हो । केही दिनभित्रै सिलिन्डरको भण्डारण बिर्तामोडमा सुरु हुनेछ ।

समुदाय तहमा कोरोना भाइरसको संक्रमण फैलिँदो अवस्थामा रहेको छ । यसलाई ध्यानमा राखेर अभियानले अक्सिजन बैङ्क स्थापना गर्ने निर्णय गरेको हो ।अभियानले मोबाइल स्वाब संकलन र कोरोना हेल्प डेस्क स्थापना गर्ने पनि निर्णय गरेको छ ।

यसअघि अभियानले कनकाई नगरपालिकामा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । प्रयोगशाला स्थापना भएपछि झापामा कोरोना भाइरसको जाँच नियमित भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *