Sajhamanch Archive

कनकाई नगरपालिकामा शिक्षक कर्मचारीको पनि ज्ञापन

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

कनकाई । न्यून पारिश्रमिक लिएर काम गर्दै आएका बाल विकासका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई सरकारवाट अन्याय भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् र बाल शिक्षक संघर्ष समिति कनकाईले वुधबार स्थानीय सरकारको कार्यालय, कनकाई नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

एउटै समयमा एकैसाथ विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरु वीचको सेवा सुविधामा फरक भएको भन्दै स्थानीय सरकारका प्रमुख राजेन्द्र पोखरेलको ध्यानाकर्षण गराउँदै परिषद् र बाल शिक्षक संघर्ष समितिले संयुक्तरुपमा ज्ञापन पत्र वुझाएका हुन् ।

विभेदकारी शिक्षा नीतिको सेवा सुविधामा रहेर आफूहरु काम गर्न नसक्ने जानकारी गराउँदै बाल शिक्षक संघर्ष समिति कनकाईका अध्यक्ष टिकामाया गिरीले ज्ञापन पत्र वाचन गरी नगरप्रमुख पोखरेललाई बुझाएकी हुन् ।

त्यस्तै नेपाल विद्यालय कर्मचारी परिषद्का तर्फवाट जिल्ला सदस्य कल्याण राजवंशीले माग पूरा नभए आन्दोलनमा जाने तयारी भएको जानकारी गराउँदै चरणवद्ध आन्दोलनका कार्यक्रमसहितको ज्ञापनपत्र नगरप्रमुख पोखरेललाई बुझाएका छन् ।

ज्ञापन पत्र वुझ्दै नगरप्रमुख पोखरेलले कनकाई नगरमा रहेका सम्पूर्ण विद्यालय, शिक्षक, कर्मचारीहरुका समस्या समाधानका लागि स्थानीय सरकारले गर्न सक्ने सम्मका कामहरु कार्यपालिका वैठकमा राखेर समाधानका लागि पहल गर्ने आश्वासन दिए ।

समस्या समाधानका बारेमा आफू सकारात्मक रहेको भन्दै नगरप्रमुख पोखरेलले स्थानीय सरकारवाट सम्भव नभएका समस्याहरुलाई केन्द्र सरकारसँग समेत अनुरोध गर्ने आश्वासन दिए ।

आफूले सस्तो लोकप्रियताका लागि ताली बजाउँने किसिमको कुरा मात्र नबोल्ने स्पष्ट पार्दै नगरप्रमुख पोखरेलले विभेदकारी शिक्षा नीति आफ्नो चाहाना नभएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *