Sajhamanch Archive

आईपीएल : मुम्बई र दिल्लीमा कसले मार्ला बाजी !

Published: in खेलकुद by .

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् ।

फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ ।

साविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यसअघि १२ औं संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ । अब उपाधि जित्दै अर्को इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन ।

फाइनल अघिको तीन भेटमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई पराजित गरेको हो । पहिलो पटक आईपीएल उपाधि जित्ने हो भने दिल्लीले मुम्बईविरुद्ध तीन हारको बदला लिनुपर्नेछ । दिल्लीका लागि त्यो अवसर पनि छ ।

लिग चरणमा मुम्बई १४ मध्ये ९ खेल जित्दै पहिलो स्थानमा थियो भने ८ खेल जितेको दिल्ली दोस्रो स्थानमा थियो । लिग सुरु हुनुअघि नै मुम्बई र दिल्लीलाई उपाधिको दाबेदार टिमहरुको रुपमा थियो । लिगमा पहिलो र दोस्रो भएको टिम नै फाइनल पुगेपछि फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *