Sajhamanch Archive

आईपीएलको उपाधि मुम्बईलाई

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by .

एजेन्सी । मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन पूरा गर्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ६८ रन बनाउन सफल भए । त्यस्तै इसन किसनले ३३ रन बनाउँदा क्विन्टन डी ककले २० रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि अर्निच नोटरेजले दुई विकेट लिए । त्यस्तै कगिसो रबाडा र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो । दिल्लीका लागि कप्तान श्रेयास अ‍ैयर र ऋषभ पन्तले अर्धशतकीय पारी खेले । ५० बल खेलेका कप्तान अ‍ैयरले ६५ रन बनाए । त्यस्तै ३८ बल खेलेका पन्तले ५६ रन बनाए ।

दिल्लीका लागि शिखर धावनले १५ रन बनाए । बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नथान कोट्रेलले दुई विकेट लिँदा जयन्त यादवले एक विकेट लिए । मुम्बईले लगातार दुई सिजन आईपीएलको उपाधि जितेको छ । सन् २०१९ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *