Sajhamanch Archive

बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

कात्तिक । भारतको बिहारमा सम्पन्न विधान सभा निर्वाचनमा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो दलका रुपमा देखिएको छ । यादवको आरजेडीले २४३ सदस्यीय विधान सभामा सबैभन्दा बढी ७५ सीटमा जितेको छ । तर यादव नेतृत्वको महागठबन्धन बहुमत ल्याउनबाट थारे सीटले रोकियो । महागठबन्धनले जम्मा ११० सीट पाएको छ ।

सरकार बनाउने अवसर भने जनमतमा ४३ सीटका साथ तेस्रो स्थान पाएका वर्तमान मुख्यमन्त्री जनता दल यूनाइटेड (जेडियू) का नेता नितिश कुमारले पाउने भएका छन । भारतको सत्तारुढ दल बिजेपीसँग गठबन्धन बनाएर निर्वाचनमा होमिएको जेडियूले पाँच वर्षअघिको नतिजा जोगाउन नसकेको मात्र होइन, ४७ सीटका साथ तेस्रो स्थानमा खुम्चिएको छ ।

गठबन्धनको भाजपाले भने आरजेडीलेभन्दा एक सीट कम जित्दै ७४ स्थानमा विजयी भएकाले सरकार बनाउन आवश्यक पर्ने सख्या जुटाउँदै एनडिए गठबन्धनले १ सय २५ सिट पाएको छ । गठबन्धनमा भाजपाको हात बलियो भएकाले मुख्यमन्त्री रहँदा पनि नितिशको हात भने बाँधिने देखिन्छ । भाजपालाई चित्त बझाउन नसके नितिशको सत्ता जहिलेसुकै धरापमा पर्न सक्ने अवस्था पनि छ । भाजपा–जेडियू गठबन्धनलाई निकै कडा टक्कर दिएको पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिटमा चित्त बुझाउनु परेको हो ।

जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दशक बिहारको हुने र त्यसको लक्ष्य आत्मनिर्भर बिहार हुने बताए । बिहार विधान सभा निर्वाचनमा सबैभन्दा बढी राष्ट्रिय जनता दलले ७५, भारतीय जनता पार्टीले ७४, जेडियू ४३ सिट जित्न सफल भएका छन् ।यस्तै कांग्रेसले १९, कम्युनिष्ट पार्टीहरुले १६, मुस्लिम पार्टीले ५, हिन्दूस्तान अवाम मोर्चा र विकासशील इन्सान पार्टीले क्रमशः चाररचार सिट, लोक जनशक्ती र बहुजन समाज पार्टीले १र१ स्थान जितेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *