Sajhamanch Archive

महिला हिंसा विरुद्धको कथामा ‘तलाश’

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by .

कोरोना भाइरसका कारण विगत आठ महिनादेखि फिल्म क्षेत्र ठप्प छ । दशैंदेखि केही फिल्मको छायांकन सुरु भए पनि सिनेमा हल बन्दै छन् । सिनेमा हल खोल्दा कोरोना संक्रमण फैलिने भयले फिल्म क्षेत्रमा लगाइएको प्रतिबन्ध फुकुवा भएको छैन । सरकारले फिल्म छायांकनका लागि पनि अनुमति भने दिएको छैन । तर, निर्माताहरु सावधानीपूर्वक छायांकन गरिरहेका छन् ।
यसैक्रममा, फिल्म ‘तलाश’ को छायांकन सकिएको छ । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फाल्गुनन्द लिब्देन फिल्मसले निर्माण गरेको फिल्ममा दिनेश लिबदेन र हस्त लिवाबको संयुक्त निर्देशन छ । फिल्ममा विमला खजुम, अन्जिता नेम्बाब, दावा शेर्पा, एलिना बाँस्कोटा, राजकुमार लिब्देन, सोम लामा, दिलिप ठकुरी, विमला खजुमलगायतको अभिनय छ ।
फिल्ममा रोशन वान्तवा राईको संगित, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माबमुको नृत्य छ । महिला हिंसा विरुद्धको कथालाई प्रस्तुत गरिएको फिल्ममा दिनेश लिबदेनको लेखन छ । सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएपछि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक लिबदेन बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *