Sajhamanch Archive

सात वर्षीया बालिका बलात्कृत

Published: (Updated: ) in समाज by .

काठमाडौं । काठमाडौंको गोठाटारमा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो ।

उनका अनुसार बालिका र तामाङ एउटै घरमा डेरा गरी बस्थे। । बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षण गराउन थापाथलीस्थित प्रसुती गृहमा लगेको थियो। त्यसको रिपोर्ट भने आइनसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *