Sajhamanch Archive

दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एकजना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहोराका अनुसार दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको छ ।

कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घाइते भएका छन् । उनको उपचार जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *