इलामको कालपोखरीमा बीओपी स्थापना
Published:
by .इलाम। सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणको लागि इलामको कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।
बुधबार इलामको सन्दकपुर गाउँपालिका वडा नं.४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा)को २ तले, पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो ।
बीओपीको उदघाटन कार्यक्रममा प्रदेश नं.१ का सांसद खिनुलाङवा लिम्बु, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राई, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिरजंग थापा, भारतीय समकक्षी एसएसबीका बीएन जी कोयलगायतको उपस्थिति थियो ।
अनलाइनखबर
Comments