Sajhamanch Archive

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by .

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहाेर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

केसीलाई कोरोना संक्रमित भएपछि उनको उपचार भइरहेको छ। उनलाई कोरोना संक्रमणका साथै निमोनियाको पनि समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् । हाल केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *