कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि भद्रपुर नगरपालिकाको २२ बुँदे निर्णय
Published: (Updated: )
by .भद्रपुर । कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि भद्रपुर नगरपालिकाले विभिन्न निर्णय गरेको छ । चाडबार्डको समयमा कोरोना भाइरस संक्रमण अत्यधिक बढेकाले सबैलाई सम्यम अपनाउन आग्रह गर्दै नगरपालिकाले संक्रमण न्युनिकरणका लागि २२ बुँदे निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमण , रोकथाम सम्बन्धी जन चेतना वडा वडामा वडा समिति तथा टोल विकास संस्था मार्फत व्यापक प्रचार गर्ने ।
२०७७ सालको शुभ दिपावली, नेपाल सम्बत ११४१, छैठ, उधौली,ल्होसारको हार्दिक शुभकामना ब्यक्त गर्ने र पर्वहरुमा सार्वजानिक स्थानमा भेला भई देउसी भैलो, जुवातास, डाइस नखेल्ने नखेलाउने , आतेसवाजी (पटक, भुचम्पा नपडाउने, नदि तलाउमा गई पुजा नगर्ने, बत्ति नसजाउने, पेण्डल नबनाउने, ध्वनि नबजाउने, घाट नसजाउने कार्य ,नाचगान नगर्ने भनी २०७७ र ७ र २६ गते जिल्ला प्रशासन कार्यालय झापामा बसेको सरोकारवाला संस्थाका प्रतिनिधिहरुसमेत बसी निर्णय गरिएकोले साथै त्यस प्रकारका क्रियाकलापहरु नेपाल सरकारले प्रतिबन्धित गरेकोले बन्द गर्न अनुरोध गर्ने । छैठ पव आआफ्नो घर आँगनमा कृतिम जलकुण्ड निर्माण गरि सावधानी पुर्वक एकाघर परिवारमामात्र सिमित गरी मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरभित्रका व्यापार व्यवसाय र बजारहरु पूर्णरुपमा नेपाल सरकारद्धारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संचालन गर्ने गराउने । उप–प्रमुख,स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसमेतको टोलीले बजारको अनुगमन गर्ने, नगर क्षेत्रभित्र रहेका मालपोत,नापि,आराका, जिल्ला प्रशासन कार्यालय, विद्युत प्राधिकरण, मेची अस्पताल जस्ता भिडभाड हुने कार्यलयबाट दिइने सेवालाई व्यवस्थित गर्न गराउन नगर प्रमुखज्यूको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरि व्यवस्थापनको प्रवन्ध गर्ने गराउने भएको छ ।
कोभिड–१९ को लक्षणसँग मिल्दो जुल्दो लक्षण भई घरमा बसेका ब्यक्तिहरुको स्वास्थ्य स्थिति र अवस्था पहिचान गरी पि.सि.आर. नगरपालिकाले पिसिआर गरिदिने ।
होम आइसोलेसनमा रहेका विरामीहरुको अवस्थाबारे नियमित जानकारी लिने , उचित परामर्श र उपचारका लागि आवश्यक व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य तथा मेची कोभिड अस्पतालमा समन्वय गर्ने गराउने निर्णय भएको छ ।
कोभिड वा अन्य कारणबाट मृत्यू भई दाह संस्कार गर्दा भिडभाड नगर्ने, मलामी कम संख्यामा जान साथै समवेदना कार्यक्रममा सहभागी हुदाँ सावधानी अपनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।
नगरभित्र स्थापना भएको कोभिड अस्पताल सेवालाई प्रभावकारी बनाउन, पिसिआर परिक्षण र रिपोर्टिङ प्रणाली ब्यबस्थापन गर्न अस्पताललाई अनुरोध गर्ने । नगरभित्र रहेका निजी अस्पतालहरुलाई समन्वय र सहकार्य गरी कोभिडका विरामीहरुका लागि भेन्टिलेटर सहितको आइ.सि.यु संचालन गर्न पहल गर्ने छलफलफलबाट निर्णय भएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले नगरबासीलाई कोरोना भाइरसबाट सुरक्षित राख्न विभिन्न २२ बुँदे निर्णय गरेको हो ।
Comments