Sajhamanch Archive

झापामा थप ४४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार २० महिला र २४ पुरुषमा कोरोना पुष्टि भएको हो ।

झापाका संक्रमितहरुमा दमकमा १७, गौरादहमा ११, भद्रपुर र कमल गाउँपालिकामा ४-४ जना, बिर्तामोड र झापा गाउँपालिकामा २-२ जना रहेका छन्।

त्यस्तै अर्जुनधारा, हल्दिबारी, कचनकवल र मेचीनगरमा १-१ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

झापामा आज दुईजना संक्रमितको निधन भएको छ ।

आज निधन हुनेहरुमा दमक नगरपालिका वडा नं.५ का ४५ बर्षीय र गौरादह नगरपालिका वडा नं.२ का ४९ बर्षीय दुई महिलाहरु रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *