Sajhamanch Archive

कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा जम्मा हुने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।

त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका हुन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले सोबारे जानकारी गराएका हुन् । अर्थमन्त्रालयको प्रस्तावमा सो निर्णय भएको पनि उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *