Sajhamanch Archive

बंगलादेश पुगेका एक नेपाली फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण देखिएको छ ।

ढाकामा हिजो गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । ती खेलाडी अस्पतालको एकान्तबास रहेका छन् । कोरोना देखिएपछि उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । अघिल्लो पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *