Sajhamanch Archive

कोरोना खोप आयातका लागि अध्यादेश तयार : मन्त्री ढकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् ।

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

विराटनगरमा कोशी अस्पताल र प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको जानकारी पनि दिए ।

तीन हजार ५ सय सुविधासम्पन्न शय्यामध्ये दुुई हजार काठमाडौं उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने उनले बताए । शय्या थपिएपछि अस्पतालहरूको सेवा थप प्रभावकारी हुने उनको विश्वास छ ।

कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उनले अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा न्यूनतम पाँच शय्ययाको अस्थायी अस्पताल निर्माणका लागि बजेट पठाइसकेको जानकारी  दिए ।

                                                                                                                      अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *