अचम्मको विवा जहाँ मोबाइल फोन ‘नो एण्ट्री’
Published:
by .बलिउड अभिनेता रणवीर सिंंह र दीपिका पादुकोणको विवाहको टुंगो लागेसँगै मिडियामा अहिले यी जोडीको विवाहको खबर चर्चामा रहेको छ ।
यो वर्षको नोभेम्बरमा ईटालीको लेक कोमोमा एकदमै थोरैको संख्यामा उपस्थित पाहुनाहरुबीचमा दीपिका र रणवीरको विवाह हुन लागेको छ ।
दीपिका र रणवीर यस विवाहलाई एकदमै विशेष तरिकाले सम्पन्न गर्ने तयारीमा लागेका छन साथमा विवाह समारोहलाई नीजि तरिकाले सम्पन्न गर्नका लागि हरसम्भव प्रयासमा लागेका छन् ।
हालै सार्वजनिक खबरहरुका अनुसार यि जोडीले गोपनीयतालाई ध्यानमा राख्दै ईटालीमा नोभेम्बर २० मा सम्पन्न हुने विवाहमा सहभागी पाहुनाहरुलाई मोबाईल फोन नलिई आउन अनुरोध गर्नेछन् ।
यसरी मोबाइल फोन प्रतिबन्ध गर्नुको कारण विवाहमा लिइने तस्विरहरु हुन् ।
किनकि यसअघि अनुष्का र विराटको विवाहमा मोबाइलबाट लिइएका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । यही कुरा दीपिका र रणवीरले आफ्नो विवाहमा दोहोर्याउन चाहँदैनन् ।
तसर्थ रणवीर सिंह र दीपिका पादुकोणको विवाह समारोहमा आमन्त्रित पाहुनाहरुलाई मोबाइल फोनविना नै उपस्थित हुन आग्रह गरिने भएको हो ।
खबरहरुका अनुसार ईटालीमा हुने विवाहका तस्बिरहरु रणवीर र दीपिका स्वयंले आफ्ना फ्यानहरुका लागि सार्वजनिक गर्नेछन् ।
एजेन्सी
Comments