Sajhamanch Archive

का‌ंग्रेस केन्द्रीय समिति बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने पार्टी संसदीय दलकी सचेतक पुष्पा भूषालले जानकारी दिइन्।

महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले असन्तुष्टि जनाएका छन्। आगामी फागुनमा पार्टीको महाधिवेशन गर्ने भनिए पनि कोरोना भाइरसको संक्रमण र जोखिमका कारण केहि पर धकेलिन सक्ने कांग्रेसले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *