Sajhamanch Archive

कलाकार आसिफ बसराले गरे आत्महत्या

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको केही समयपछि अर्का कलाकार आसिफ बसराले पनि आत्महत्या गरेका छन् । ५३ बर्षका यी कलाकारले हिमाञ्चल प्रदेशको धर्मशाला मेक्लोडगंजमा आत्महत्या गरेका हुन् ।

उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन । उनी, आत्महत्या गर्नु अगाडि आफ्नो कुकुरको साथमा आफ्नो इलाकामा घुमिरहेको भारतीय मिडियाले जनाएका छन् ।

आसिफ ५ बर्षदेखि एक महिलासँग लिभ इन रिलेशनमा थिए । प्रहरीले महिलालाई गिरफ्तार गरेको छ । आसिफले ‘वो, ब्ल्याक फ्राइडे, जब वी मेट, वन्स अपन अ टाइम इन मुम्बई, कृष ३, हिचकी’ जस्ता चलचित्रमा काम गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *