Sajhamanch Archive

सैफले बढाए पारिश्रमिक, ‘आदिपुरूष’ मा बुझे ११ करोड

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

अभिनेता सैफ अली खानले ‘तान्हाजी’ निर्देशक ओम राउतको फिल्म ‘आदिपुरूष’ मा लंकेशको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मका लागि उनले ११ करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि उनले हरेक फिल्ममा ३ देखि ४ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । ‘तान्हाजी’ को सफलतापछि उनले पारिश्रमिक बढाएको बताइएको छ ।

यतिबेला सैफ फिल्म ‘भूत पुलिस’ को छायांकनमा व्यस्त छन् । यसपछि उनले अली अब्बास जफरको वेब सिरिज ‘दिल्ली’ गर्नेछन् । लगातार एक्सपेरिमेन्ट गरिरहेका उनले अहिले राम्रो कन्टेन्टलाई प्राथमिकता दिँदै आएका छन् । उनी फिल्ममा निर्वाह गर्ने चरित्रमा नयाँ प्रयोग गर्न पनि डराउँदैनन् । उनले केही समययता जुन रिक्स मोलिरहेका छन्, त्यसमा उनी सफल भएका छन् ।

‘आदिपुरूष’ मा सैफले भिलेनको भूमिका निर्वाह गर्नेछन् भने अभिनेता प्रभास रामको भूमिकामा देखिनेछन् । फिल्ममा उनीहरुको घमासान द्वन्द्व देख्न पाइनेछ । यो फिल्मको निर्माण लागत ४ सय करोडको आसपास हुने बताइएको छ । कोरोना भाइरसपछि निर्माण हुने ‘आदिपुरुष’ भारतको सबैभन्दा ठूलो फिल्म हुनेछ । फिल्म तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *