Sajhamanch Archive

रेलमार्गको लिकमा रहेको ‘क्लिप’ चाेरी हुन थाल्याे

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

जनकपुर । निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर–कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ ।

३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ तर औपचारिक उद्घाटन अझै हुन सकेको छैन । धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । तर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् ।

रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ । एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सय बढी क्लिप चोरी भएका छन् ।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुन सक्ने स्थानीयको भनाइ छ । दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चार वटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित राखिएको छ ।

                                                                                                                             उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *