झापामा थप ६३ जनामा कोरोना, तीन जनाको निधन
Published: (Updated: )
by .झापा । झापामा आज थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीनजना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार १८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण भएको हो ।
कचनकवलमा १४, दमक र बिर्तामोडमा १३-१३ जना, गौरादह, मेचीनगरमा ५-५ जना, कमल गाउँपालिका र अर्जुनधारामा ३-३ जना र भद्रपुर र शिवसताक्षीमा २-२ जनामा संक्रमण भएको हो ।
त्यस्तै बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १-१ जनामा संक्रमण भएको छ ।
झापामा आज तीन जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं.६ का ८७ बर्षीय पुरुष, शिवसताक्षी नगरपालिका वडा नं.६ का ६३ बर्षीय पुरुष र अर्जुनधारा नगरपालिका वडा नं. ७ का ६१ बर्षीय पुरुष रहेका छन् ।
Comments