Sajhamanch Archive

बंगलादेशसँग नेपाल पराजित

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो ।

बंगलादेशले खेलको दुवै हाफमा एक/एक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपाल बराबरी गोल फर्काउन प्रयासरत रह्यो । तर दोस्रो हाफमा बंगलादेशले दोस्रो गोल गर्दा नेपालले भने गोल गर्न सकेन । ८०औं मिनेटमा महबुबुर रहमानले एकल प्रयासमा गोलकिपर किरण चेम्जोङलाई समेत छलाउँदै गोल गरे ।

मैत्रीपूर्ण खेलका लागि घरेलु टोलीले तीन साता भन्दा बढी प्रशिक्षण गरेको थियो । नेपालले भने काठमाडौंमा करिब एक साता प्रशिक्षण गरेर बंगलादेश गएको थियो । दुई दिन होटल क्वारेन्टिनमा बसेका नेपालले केही दिन मैदानमा प्रशिक्षण गरेको थियो ।

मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *