Sajhamanch Archive

सुरक्षा मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न पाइने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ ।

प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरू गर्न सक्ने गरी आधारभूत क्रियाकलापहरू यस कार्यढाँचामा समेटिएको छ’ कार्यढाँचामा भनिएको छ ।

कोरोना संक्रमण बढेको अवस्थामा भने स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निश्चित अवधिका लागि विद्यालय बन्द पाइने व्यवस्था गरिएको छ ।

                                                                                                   अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *