Sajhamanch Archive

नेकपाका नेता एवं अर्जुनधारा गाविसका पूर्व अध्यक्ष भट्टराईको निधन

Published: in राजनीति, समाज by .

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं अर्जुनधारा गाविसका पूर्व अध्यक्ष कुन्दन भट्टराईको निधन भएको छ ।

उनको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो । केहि समयदेखि क्यान्सर रोगबाट पीडित नेता भट्टराईलाई एयर एम्बुलेन्सबाट उपचारका लागि काठमाडौं लगिएको थियो ।

क्यान्सरको उपचार गराइरहेका भट्टराईलाई स्वास प्रश्वासमा समस्या भएपछि काठमाडौं लगिएको थियो । भट्टराईलाई कोरोनाको संक्रमण समेत भएको बताइएको छ । झापा अर्जुनधारा नगरपलिका वडा नं.५ निवासी भट्टराई झापा बाम आन्दोलनका नेताका रुपमा परिचित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *