Sajhamanch Archive

थ्रेसरमा च्यापिएर झापामा महिलाको मृत्यु

Published: in समाज by .

झापा । धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज झापामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नं.६ बालुवानीकी ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार शुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *